images
images

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर

आइतवार, पुस २८ २०८१
आइतवार, पुस २८ २०८१
  • धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर
    images
    images

    काठमाडौं / हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ । 

    कम्पनीले बिक्री गर्दै आएको धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्दा सुन र चाँदीका सिक्का जित्नुका साथै हात खाली नजाने योजना समावेश गरी स्किम ल्याएको हो । 

    कम्पनीले उक्त स्किम सार्वजनिक गरी स्किम चलिरहेका डिटर्जेन्ट पाउडरहरू बजारमा उपलब्ध भइसकेको बताएको छ । 

    हिमगिरी हाइजिन मार्केटिङ हेड भुवनेश प्रताप मल्लले यो स्किम १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरूमा मात्र लागू रहेको जानकारी दिए । 


    उक्त पाउडरको खरिदमा स्किमभित्रै अन्य थुप्रै उपहारको व्यवस्था गरिएको छ । जसले डिटर्जेन्ट पाउडरका खरिदकर्तालाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।  

    ‘स्किम लागू भएका डिटर्जेन्ट पाउडर बजारमा आइसकेका छन्, उक्त पाउडर खरिद गरी पाउडरभित्रै कुपन राखिएको छ । सो कुपनमा सिक्का परेको खण्डमा कम्पनीमा सम्पर्क गर्नुपर्ने हुन्छ,’ उनले भने । 

    स्किम रहेका १०० रुपैयाँभन्दा माथिका डिटर्जेन्ट पाउडरहरू खरिद गरी कुपनमा सुन र चाँदी सिक्का परेको खण्डमा कम्पनीको सम्पर्क नम्बर ९७०५६००००० कल गर्न सकिने छ । 

    कल गरेपछि कम्पनीले सुन र चाँदीका सिक्का दिन सक्षम हुने मल्लले बताए । 

    कम्पनीले स्किम लागू भएका प्रत्येक प्याकेजमा स्किम कार्ड राखेको हुन्छ । सो कार्डमा कुनै न कुनै उपहार समावेश भएको भएका छन् । 

    मल्लका अनुसार डिटर्जेन्ट पाउडर किनेर सुनका साथै चाँदीका सिक्का जित्न र हात खाली नजाने गरी उपहारको व्यवस्था मिलाइएको यो कम्पनीको नयाँ योजना हो । 

    सो कार्डमा एउटा किन्दा अर्को फ्री पाउडर लगायतका उपहार दिइएका छन् । उक्त उपहार डिलर वा पसलबाट लिन सकिने छ । 

    डिटर्जेन्ट पाउडरको गुणस्तर झल्काउन र यसको प्रयोगलाई बढाउन कम्पनीले ल्याएको यो स्किम लामो समयसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
    नेपालमा धोनीका डिटर्जेन्ट पाउडरको मागका साथै प्रयोग बढ्दो क्रममा छ । 

    हिमगिरी हाइजिनले नेपाली बजारमा स्यानिटेसन सामग्री साबुन, डिटरजेन्ट पाउडर र ट्वाइलेट सोपलगायत प्रडक्टहरू उत्पादन तथा बिक्री गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार