images
images

विकास बैंक, वित्त र लगानी सेक्टरका कारण बढ्यो बजार, कतिको भयो कारोबार ?

विकास बैंक, वित्त र लगानी सेक्टरका कारण बढ्यो बजार, कतिको भयो कारोबार ?

बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • images
    images
    विकास बैंक, वित्त र लगानी सेक्टरका कारण बढ्यो बजार, कतिको भयो कारोबार ?
    images
    images

    काठमाडौँ / बुधबार पनि सेयर बजार सामान्य बढेको छ । मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.५४ अङ्कले उकालो लागेकोमा आज भने १.८६ अङ्कले मात्रै बढेको हो । 

    सामान्य सुधारसँगै आज नेप्से परिसूचक २६८५.७३ बिन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकमसमेत बढेको छ ।

    मङ्गलबार ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा ाज सो रकम बढेर ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ पुगेको हो । 

    आज कारोबार हुने कम्पनीको सङ्ख्या बढेर ३०७ पुगेको छ । मङ्गलबार २९९ कम्पनीको मात्रै सेयर कारोबार भएको थियो । 

    आज १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर खरिदबिक्री भएको छ भने १३४ ओटा कम्पनीको सेयर मूल्य बढ्दा ९९ ओटाको भने घटेको छ ।

    त्यस्तै, सेयर मूल्य स्थिर हुने कम्पनी सङ्ख्या भने ११ नै छ । मङ्गलबार पनि ११ कम्पनीको मूल्य स्थिर थियो । आज सेयर बजारका १३ वटा सेक्टरमध्ये ४ वटाको मात्रै परिसूचक बृद्धि भयो । विकास बैंक, वित्त र लगानी सेक्टरमा लगानीकर्ताको आकर्षण बढेपछि आज बजार बढ्न सहयोग पुग्यो । 

    विकास बैंकको परिसूचक १.३३ प्रतिशत, वित्त समूहको १.५६ प्रतिशतले बढेको छ भने लगानी समूह १.२२ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा समूहको परिसूचक पनि ०.४८ प्रतिशतले बढेको छ । यो दिन बाँकी सबै सेक्टरको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ । 

    बुधबार कुनै पनि कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किन लाग्न सकेन । यद्यपि, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने सर्किट लेभल अर्थात ९.९९ प्रतिशतले नै बढेको छ । 

    यता, उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रो पावरको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । बुधबारको कारोबार रकममा सर्वाधिक बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । 

    यो कम्पनीको सेयर कारोबार रकम सर्वाधिक बढी ३९ करोड ६० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार