विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बिवाइडीले आफ्नो मुख्यालय सेनझेनमा डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ ।
डिपाईलट ६००, डिपाईलट ३००, र डिपाइलट १०० सहितको यो सिस्टमले सबै ग्राहकहरूका लागि उच्चस्तरीय स्मार्ट ड्राइभिङ प्रविधिलाई सहज बनाउन बिवाइडीको प्रतिबद्धता देखाउँछ । यसले सवारी उद्योगको प्रविधिगत रूपान्तरणलाई निकै तीव्र बनाउँनेछ ।
बिवाइडीले भने यो सुविधा आफ्ना सबै मोडलमा बिना कुनै अतिरिक्त शुल्क दिने जनाएको छ। सबैभन्दा कम मुल्यको मोडल सिगलमा समेत यो सुविधा उपलब्ध हुनेछ, जसको मूल्य ९,५५५ डलर मात्र रहेको छ ।
कम्पनीले नयाँ प्रविधिसँगै ग्राहकहरूलाई सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । अहिलेसम्म, सेन्सर र क्यामेरा जस्ता उच्च प्रविधि भएका सेल्फ ड्राइभिङ सिस्टमहरू महँगा गाडीहरूमा मात्र उपलब्ध हुने गथ्र्यो ।
तर बिवाइडीले अब यो परिवर्तन गर्दै यस्ता प्रविधि केवल महँगा गाडीहरूमा सीमित नराखी, सबैलाई सहज रूपमा उपलब्ध गराउदै छ । बिवाइडीका सिईओ वाङ छुवान्फुलेले भनेका छन, “राम्रो प्रविधिमा सबैको पहुँचमा हुनु पर्छ ।
डिपाइलट सिस्टम तीन भिन्न संस्करणहरूमा उपलब्ध छ । डिपाइलट ६०० मा तीनवटा लिडार छन्, जसलाई मुख्यतः याङवाङ मोडेलहरुमा प्रयोग गरिनेछ ।
डिपाईलट ३०० मा एउटा लिडार छ, जुन मुख्य रूपमा डेन्जा र केही बिवाइडी मोडेलहरूमा प्रयोग गरिनेछ । त्यस्तै, डिपाइलट १०० मा तीनवटा क्यामेरा छन्, जुन बिवाइडीका विभिन्न मोडेलहरूमा प्रयोग गरिनेछ ।
विशेषगरी डिपाईलट १०० मा फ्रन्ट–फेसिङ तीन क्यामेरा 5R12V सेन्सिङ हार्डवेयर र एन्ड–टु–एन्ड कन्ट्रोल एल्गोरिदम समावेश छ, जसले प्रविधि, सेन्सर, एल्गोरिदम, र डेटा क्षेत्रमा ठूलो प्रगति देखाउँछ ।
यसले ग्राहकहरूलाई सबैभन्दा आवश्यक पर्ने सुविधाहरू प्रदान गर्छ । राजमार्ग र शहरी एक्सप्रेसवेहरूमा, हाई स्पिड नेभिगेसन अन अटोपाईलट (HNOA) प्रणालीले नेभिगेसन मार्ग पछ्याएर -याम्पबाट प्रवेश वा निकास गर्ने, लेन ठीक राख्ने, स्थिर गतिमा चल्ने, आफैँ लेन परिवर्तन गर्ने र केही अवरोधहरू छलेर अगाडि बढ्ने जस्ता कामहरू पूरा गर्न सक्छ ।
यसका साथै, अटोमेटेड भ्याले पार्किङ (AVP) प्रणालीले ड्रप-अफ र गो, गाडी लक गरेपछि आफै पार्क हुने जस्ता सुविधाहरू प्रदान गर्छ । यो प्रणाली प्रयोगकर्ताको पार्किङ बानीहरू र विभिन्न ड्राइभिङ परिस्थितिहरूअनुसार काम गर्न सक्छ, जसले पार्किङलाई अझ सहज बनाउँछ ।
मेमोरी नेभिगेसन अन अटोपाईलट (MNOA) प्रणाली दैनिक यात्रा वा अफिस आउने–जाने जस्ता उच्च–प्रयोग मार्गहरूका लागि उपयुक्त छ ।
यसले ट्राफिक बत्तीमा आफैँ रोक्ने र अघि बढ्ने, जटिल मोडहरू पार गर्ने, स्वचालित ओभरटेक गर्ने, कुनै पनि परिस्थितिमा अवरोध छलेर अघि बढ्ने, र लेन परिवर्तन गर्न सम्झौतासहित निर्णय गर्ने जस्ता सुविधाहरू प्रदान गर्छ ।
बिवाइडीले ग्राहकहरूलाई सबैभन्दा महत्वपूर्ण लाग्ने ड्राइभिङ परिस्थितिहरूमा केन्द्रित गर्दै सुरक्षा, आराम, र सहजता प्रदान गर्ने लक्ष्य राखेको छ, ताकि हरेक व्यक्तिले बीवाईडीको प्रविधिको फाइदा उठाउन सकून् ।
डिपाइलट सिस्टमले ग्राहकहरूको सुरक्षा निकै बढाउन सक्छ । HNOA अन्तर्गत, डिपाईलट १०० ले १,००० किलोमिटरसम्म बिना कुनै म्यानुअल हस्तक्षेप स्वचालित रूपमा यात्रा गर्न सक्छ ।
यसको अटोमेटिक एमरजेन्सि ब्रकिङ्ग (AEB) प्रणालीले १०० किमि प्रति घण्टासम्म गाडीलाई भरपर्दो रूपमा रोक्न सक्छ, र भविष्यमा १२० किमि प्रति घण्टा र १४० किमि प्रतिघण्टासम्मको गति सम्हाल्ने योजना छ । AVP प्रणालीको सफलता दर ९९ प्रतिशत रहेको छ, जसले आपतकालीन अवस्थाहरूमा छिटो निर्णय गरेर दुर्घटना हुनबाट बचाउन मद्दत गर्छ ।
बिवाइडीसँग ५,००० भन्दा बढी इन्जिनियरहरू यो क्षेत्रमा काम गरिरहेका छन् भने ४४ लाखभन्दा बढी गाडीहरूमा L2 स्तरको ADS प्रविधि जडान गरिएको छ । यस विशाल भेहिकल–क्लाउड डाटाबेसको सहयोगले बीवाइडी स्मार्ट ड्राइभिङ प्रविधिको विकास र व्यापक प्रयोगमा नेतृत्व गर्न सक्षम रहेको छ ।
विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माताको रूपमा, बिवाइडीले ‘सुखद जीवनका लागि प्रविधिगत नवप्रवर्तन’लाई आफ्नो मूल सिद्धान्त बनाएको छ ।
डिपाईलट इन्टेलिजेन्स रणनीतिमार्फत बिवाइडी, नयाँ ऊर्जा सवारीहरूको विकासलाई अगाडि बढाउँदै विश्वभरको अटोमोबाइल उद्योगलाई रूपान्तरण गर्न र सुरक्षित तथा दिगो यातायात समाधानहरू प्रदान गर्न प्रतिबद्ध छ ।