काठमाडौँ / आइतबार घटेर कारोबार भएको सुनको भाउ सोमबार पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।
यता, चाँदीको भाउसमेत बढेको छ । यसअघि प्रतितोला १ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९७० रुपैयाँमा कारोबार हुनेछ ।