images
images

सानिमा रिलायन्स लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सानिमा रिलायन्स लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    सानिमा रिलायन्स लाइफले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
    images
    images

    काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको ३९औँ बैठकको निर्णय बमोजिम आर्थिक बर्ष २०८०/०८१ को आठौँ बार्षिक साधारण सभा चैत ८ गते अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर काठमाडौँमा बिहान ११ बजेबाट बोलाएको हो । 

    images
    images

    साधारण सभा तथा बोनस सेयर तथा लाभांश प्रयोजनको लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) फागुन २६ गते एक दिन बन्द गरिने कम्पनीले जनाएको छ । 

    कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ९.२४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाषणा गरेको छ । 

    जसमध्येमा १.२४ बोनस शेयर वितरण गर्ने घाषणा गरेको भएको छ भने ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फागुन १२ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई चैत ८ गते बस्ने वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस सेयर वितरण गरिनेछ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार