images
images

देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव : बिहीबारसम्म कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ?

देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव : बिहीबारसम्म कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ?

मंगलवार, फागुन २० २०८१
मंगलवार, फागुन २० २०८१
  • images
    images
    देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव : बिहीबारसम्म कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ?
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । हाल सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    images
    images

    मङ्गलबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । 

    सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बुधबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ । 

    सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार