images
images

भूमि अध्यादेशबाट पछि हट्यो सरकार, बाँकीलाई भोलि सदनमा पेश गरिने

भूमि अध्यादेशबाट पछि हट्यो सरकार, बाँकीलाई भोलि सदनमा पेश गरिने

मंगलवार, फागुन २० २०८१
मंगलवार, फागुन २० २०८१
  • images
    images
    भूमि अध्यादेशबाट पछि हट्यो सरकार, बाँकीलाई भोलि सदनमा पेश गरिने
    images
    images

    काठमाडौँ / सरकार भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने भएको छ । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा भूमि बाहेकका पाँच वटा अध्यादेश मात्रै पेश गरिने भएको हो । 

    images
    images

    सत्ता साझेदार दलबिच भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति भएको हो । 

    सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । 

    त्यसअघि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । २९ पुसमा थप चारवटा अध्यादेश जारी भएका थिए ।

    जसपा र लोसपाले भूमि बाहेकका अध्यादेश अघि बढाउन सहयोग गर्ने भएपछि सरकारले उक्त विधेयक हाललाई थाँती राख्ने भएको हो । सत्तारुढ दल जसपा नेपाल र लोसपा सहमत नभएपछि सरकार पछि हट्न बाध्य भएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार