काठमाडौँ / बुधबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको हो । आज छापावाल सुन तोलामा १ लाख ७० हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि भने तोलामा १ लाख ६९ हजार ५ सय रुपैयाँ मात्रै थियो ।
यता, चाँदी तोलामा १० रुपैयाँ बढेको छ । यसअघि प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ९५० रुपैयाँ पर्नेछ ।