images
images

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • images
    images
    शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न
    images
    images

    काठमाडौँ / शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान मूल नाराका साथ सुरु गरिएको यो प्रतियोगिता तेश्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तीन जना विजेता र १२ जनालाई सान्तवना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको छ । 

    images
    images

    शौर्य सिमेन्ट का प्लान्ट हेड गुरू दयाल सिंहको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ठ साहित्यकार राजेन्द्र बिमल, लोक कोकिला रशिम रानी सहित विभिन्न वडाका वडाध्यक्षहरूको पनि सहभागिता रहेको थियो ।    

    उक्त प्रतियोगितामा पहिलो हुनेमा सप्तरिकी मिथिला चित्रकार रूबी कर्ण, दोश्रो हुनेमा महोतरीकि नेहा कुमारी, तेश्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकि छिन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रू ७५ हजार, दोश्रो हुनेलाई नगद रू ५० हजार र तेश्रो हुनेलाई नगद रू २५ हजार साथै बाँकि १२ जनालाई सान्तवना पुरस्कार नगद रू ११ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । 
    तेश्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए । 

    news1.jpg

    कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज कुमार महतले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको उदघोषण सन्तोष लाल दासले गरेका थिए । उक्त प्रतियोगितामा निर्णायकको रूपमा मिथिला चित्रकार शयाम सुन्दर यादव, मिथिला चित्रकार सुनैना ठाकुर र मिथिला देवी रहेका थिए । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार