काठमाडौँ / आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको भाउ घटेको हो ।
आइतबार सुनको भाउ प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ तोकिएको छ । शुक्रबार भने सुन तोलामा १ लाख ५० हजार ९ सय रुपैयाँ रहेको थियो ।
यता, चाँदी तोलामा ५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८४५ रुपैयाँ रहेको चाँदीको भाउ आज १ हजार ८४० रुपैयाँ तोकिएको छ ।