काठमाडौँ / ठूलो खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधरणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले कालीमाटी ब्याङ्केट, काठमाडौँमा अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न दोस्रो बार्षिक साधारणसभाले आइपिओ निष्कासन गर्ने निर्णय गरेको हो ।
सभाबाट सञ्चालक समिति सदस्यमा युवा उर्जा उद्यमी धिराज कार्की निर्वाचत भएका छन् । त्यस्तै, सभाले अध्यक्ष पन्तले प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त साधारण सभाबाट सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता तथा सुविधाहरु तोक्ने, कम्पनीले अन्य नयाँ परियोजनाहरुको पहिचान गरी लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ ।
सो कम्पनीले माग्दी जिल्ला रघुगंगा गाउँ पालिका वडा नम्वर ८ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीले यस आयोजना २०८२ को बैशाख महिनाभित्र सम्पन्न हुने गरी निर्माण कार्य भैरहेको कम्पनीका अध्यक्षले नरेन्द्र बल्लभ पन्तले सभामा सेयरधनीहरुलाई बताए ।