काठमाडौं / नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आजबाट (आइतबार) काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरुबाट इभी कार्निभल सुरु गरेको छ ।
बुधबारसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभलमा ग्राहकहरुले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने छ ।
एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाइनेछ ।
ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाइने कम्पनीले जनाएको छ ।
यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाइने जनाएको छ ।
कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ जसलाई मात्र १० प्रतिशत डाउनपेमेन्टमा घर लान सकिनेछ ।
साथै, हरेक दिन बुकिंग गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनुहुनेछ भने बम्पर उपहारमा बुकिंग गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाइनेछ ।
यो मेलामा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नुहुनेछ जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ ।
साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस ०७, एस ०७ एल, एल०७ का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
तसर्थ यो इभेन्ट हरेक इभीप्रेमीका लागि अभुतपूर्व अनुभवको हुनेछ ।