images
images

सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू

सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू

सोमवार, फागुन १९ २०८१
सोमवार, फागुन १९ २०८१
  • images
    images
    सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्दै जेलेन्स्की र युरोपेली नेताहरू
    images
    images

    लन्डन / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्न युरोपसँग काम गर्ने बताएका छन्। 

    images
    images

    अनिश्चित अमेरिकी समर्थनको सामना गरिरहेको र रूसको तीन वर्षको युक्रेन आक्रमणविरुद्ध महत्त्वपूर्ण क्षणमा भएको सप्ताहन्तको आकस्मिक वार्ताले १८ वटा मित्रराष्ट्रलाई एकै ठाउँमा भेला गराएको छ । 

    केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारका अगाडि जेलेन्स्कीलाई दिएको दबाबले ट्रम्पले किएभलाई शान्ति सम्झौतामा बाध्य पार्न चाहेको आशङ्का बढेपछि  युरोपेली नेताहरूले किएभको समर्थनमा मोर्चाबन्दी गरेका छन् ।

    आइतबार सुरुभएको शिखर सम्मेलनले शान्तिको दिशामा काम गर्ने उनीहरूको प्रतिबद्धतालाई बलियो बनाएको जेलेन्स्कीले बर्ताए । 

    “हामीलाई अन्त्यहीन युद्ध होइन, शान्ति चाहिएको छ,” उनले युक्रेनीहरूले अत्यधिक मात्रामा प्रयोग गर्ने सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन् । 

    “निकट भविष्यमा, युद्धविरामका लागि जुन रेखाहरू हामीले प्राप्त गर्नुपर्दछ र जुन लाइनहरूमा हामी सम्झौता गर्न सक्दैनौँ त्यसका लागि हामी युरोपेली नेताहरूले छलफल गरी वार्ताका लागि न्यूनतम शर्त निर्धारण गर्नेछौँ र हाम्रो साझा स्थितिलाई आकार दिनेछौँ ।” उनले भने, “यी पदहरू संयुक्त राज्य अमेरिकामा हाम्रा साझेदारहरूलाई प्रस्तुत गरिने छ ।”

    शान्ति वार्ताका न्यूनतम शर्त तोक्ने सम्बन्धमा सोधिएको प्रश्नमा बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायत, फ्रान्स र अन्य मुलुकले युक्रेनसँग युद्ध रोक्ने योजनामा काम गर्ने बताए । 

    शिखर सम्मेलनबाट फर्केका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ले फिगारो पत्रिकालाई बताएअनुसार फ्रान्स र बेलायतले ‘आकाश, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिनाका लागि आंशिक युद्धविरामको प्रस्ताव गर्न चाहेका छन् ।

    स्टारमर र म्याक्रोँले युक्रेनमा कुनै पनि युद्धविराम कायम राख्न बेलायती र फ्रान्सेली सेना तैनाथ गर्न तयार रहेको बताएका छन् । 

    “अमेरिकी संलग्नताको कुनै ग्यारेन्टी बिना, ‘युरोपले भारलाई थेग्नैपर्छ’, स्टार्मरले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार